Friday, October 7

खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास गर्दै मुसिकोट नगरपालिका !

खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास गर्दै मुसिकोट नगरपालिका ! – २ पुष २०७८, गोविन्द कंडेल मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले खानेपानी उपभोक्ता समितिहरुको संस्थागत विकासका लागि संस्थागत क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिकामा काम सम्पन्न भएका २१ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाइ सहभागी गराइ नगरपालिकाले तालिम सम्पन्न गरेको हो । सम्पन्न भएका आयोजना दिगो व्यवस्थापन गर्ने उद्येश्यले तालिम सञ्चालन गरीएको नगरपालिकाले जनाएको छ ।

उपभोक्ता समितिहरुलाइ संस्थाको रुपमा विकास गर्ने, उनीहरुलाइ आत्मनिर्भर वनाउने, समितिहरुलाइ पारदर्शी वनाउने र नागरिकहरुलाइ नियमित सुद्ध सफा पानी घरघरमा पुर्‍याउने तालिमको मुख्य उद्येश्य रहेको  मुसिकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

तालिममा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्न अपनाउनु पर्ने कानूनी ब्यवस्था, निर्माणका कार्यमा प्रयोग गरिने सामाग्री र त्यसको खरिद प्रक्रिया तथा योजना सम्पन्न भए पछि भुक्तानी लिन आवश्यक कागजात लगायतको प्रक्रियाका साथै

जिन्सी सामाग्रीको व्यवस्थापन, खानेपानी योजनाको मर्मत सम्भार, खानेपानी संस्था दर्ता र नविकरण,आर्थिक सुशासन, लेखा परिक्षण,वैठक तथा कार्यालय व्यवस्थापन लगायतका विषयमा तालिम तथा प्रशिक्षण दिइएको थियो ।

दुइ दिने तालिमको प्रशिक्षकहररुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जिल्ला समन्वय अधिकारी विजय कुमार कार्की, नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरे,इञ्जीनियर प्रकाश खनाल, वास संयोजक सिता भुसाल, राजश्व शाखा प्रमुख गोविन्द कंडेल लगायत रहनु भएको थियो ।

आज सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख सोमनाथ सापकोटा र विशेष अतिथिको रुपमा मुसिकोट नगरपालिका एक घर एक धारा खानेपानी समितिका संयोजक नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!