Friday, October 7

मुसिकोटमा भीरबाट लडेर २ जनाको मृ,त्यु ।

गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृ,त्यु भएको छ । नगरपालिकाको वडा नं १ बाँगेस्थित खिख्रा सामुदायिक वनको भीरबाट लडेर २ जनाको ज्यान गएको हो ।

 भीरबाट लडेर गम्भीर घाईते भएका वडा न १ सिम्लेका मनु सार्की र उनी श्रीमती ज्ञानु परीयारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीले जानकारी दिएको छ ।

माईती जाने क्रममा लडेर उनीहरु घाईते भएका थिए । अहिले उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

इस्मा स्थित हस्तिचौरको घरगोठमा आगलागी  – गुल्मी । इस्मा गाउँपालिका १ हस्तिचौर उजुङ मैदान स्थित कौशिला कुँवरको घरगोठमा आगलागी भएको छ ।

बिहिबार राती एक्कासी लागेको आगोले कुवरको घर, गोठ, बाख्रा र कुखुराको खोर जलेर नष्ट भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् । घर गोठमा रहेका सबै बाख्रा र कुखुरा आगोमा परेर मरेका छन् भने अन्न र लत्ताकपडा पनि जलेर नष्ट भएको खत्रीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!