Saturday, September 24

ज्ञानेन्द्र र दीपेन्द्र सहित ४ खेलाडी माथि कारबाही, नेपाली क्रिकेट टिमको नयाँ कप्तान सन्दीप !

ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तान सन्दीप  २९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!