Saturday, September 24

काँग्रेस महाधिवेशन मतगणना राति १० बजेबाट सुरु गरिने !

दोस्रो चरणको मतदानको गणना राति १० बजेबाट सुरु गरिने – काठमाडौं, २८ मंसिर  नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ ।

आज साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको छ । मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।

सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो ।

पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ ।  देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!