Sunday, October 2

सुर्योदय युवा क्लवको २८औं वार्षिकोत्सव सम्पन्न, खुला भलिवलको उपाधी एपि मोवाइलले जित्यो !

सुर्योदय युवा क्लवको वार्षिकोत्सव भव्यता पुर्वक सम्पन्न, खुला भलिवलको उपाधी एपि मोवाइलले जित्यो !

 गोविन्द कंडेल, मुसिकोट गुल्मी २५ मंसिर २०७८ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय युवा क्लवले आफ्त्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् भलिवल तथा साँस्कृतिक कार्यक्रम आज विशेष समारोहका विच सम्पन्न भएको छ ।

क्लवले आफ्नो२८ औं वार्षिकोत्सवको अवसरमा यही मंसिर २३ देखी २५ गते सम्म विविध कार्यक्रमहरुको आयोजना गरेको हो ।  २०५० सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा  दर्ता भइ सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समेत गर्दै आएको छ ।

हाल मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहनुभएका नारायण सापकोटा यस क्लवको संस्थापक अध्यक्ष हुनुहुन्छ । यस क्लवले विगतमा प्रत्येक वर्ष विजयादशमी तथा शुभदीपावलिको अवसर तथा क्लवको वार्षकोत्सव पारेर विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

क्लवले पोखरी तथा चौपारी निर्माण,विपन्न परिवारलाइ सहायताका अतिरिक्त विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । क्लवले २०६७ सालमा खड्ग निशाना कोट दरबारको प्रचारप्रसारको लागि वामीकोट महोत्सव समेत गरेको थियो ।

क्लवको वार्षिकोत्वसव तथा विभिन्न साँस्कृति कार्यक्रम गर्नको लागि वडा नम्बर ८ ले लगातार ४ वर्ष देखी वार्षिक रूपमा रकम विनियोजन गर्ने गरेको छ  । क्लवको २८ औं वार्षिकउत्सवको अवसरमा खुल्ला भलिबल प्रतियोगिताका अतिरिक्त महिला तथा पुरुष कुर्चिदौड सङ्गै विविध साँस्कृतिक कार्यक्रमहरु समेत सम्पन्न भएका छन ।

जम्मा २० टिमको सहभागिता रहेको खुला पुरूष भलिबल तर्फ एपी मोवाइल वामीटक्सारले प्रथम स्थान प्राप्त गरेको छ, द्धित्तिय स्थान सुर्योदय पुवा क्लव वामी मैदान र तृत्तिय स्थान कालिका हार्डवयर वामीटक्सारले हाँसिल गर्न सफल भए ।

खुला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ३५,५३५ कप, मेडल र प्रमाणपत्र , दोश्रो पुरस्कार १७,७१७ कप, मेडल र प्रमाणपत्र साथै तेस्रो पुरस्कार ८,८८८ कप, मेडल र प्रमाणपत्र रहेको थियो ।

खुला पुरुष भलिवल खेलको सहजिकरण लुम्विनी प्रदेश स्तरिय रेफ्री द्वय नविन छन्तेल र सोम दर्लामी मगरले गर्नु भएको थियो । आको विशेष समारोहमा कलाकारहरु विर वहादुर विश्वकर्मा र धनमाया रानाको साँगितिक प्रस्तुती एवं हाँस्यकलाकार वालकृष्ण वरालको हाँस्यव्यंग्य प्रस्तुती रहेको थियो  ।

वार्षिकोत्सव समारोहको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा रहनु भएको थियो ।  प्रमुख अतिथिको रुपमा वोल्दै नगर प्रमुख सापकोटाले खेलकुदको विकासका लागि स्थानिय तथा संघिय सरकारले विभिन्न योजना अगाडि सारेको साथै अब खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

प्रमुख सापकोटाले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै खेलकुदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राखेको वताउनु भयो ।

स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उहाँले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहले अग्रसरता लिने वताउनु भयो ।

त्यस्तै कार्यक्रमको विशेष अतिथि मुसिकोट नगरपालिका आर्थिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, वामीसेवा समिति जापानका महासचिव गोकुल खत्री, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष गोविन्द वि.क. लगायत रहनु भएको थियो ।

क्लवका साँस्कृतिक समिति संयोजक कमल वरालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रम क्लवका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता एवं, सचिव सागर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!