Friday, October 7

वडा नं.९ को आयोजनामा मुसिकोटमा विविध खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न !

 गोविन्द कंडेल, मुसिकोट गुल्मी २५ मंसिर २०७८ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा वडा कार्यालयको आयोजनामा विविध खेलकुद कार्यक्रम आज एक विशेष समारोहका विच सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आ.व.२०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलकुद कार्यक्रम सञ्चालन गरिएको हो । २ दिन सम्म सञ्चालन भएको कार्यक्रम अन्तर्गत साविक अर्लागंकोट गा.वि.स. अन्तर्गतका वडा स्तरिय भलिवल प्रतियोगिता, घैटोफोड प्रतियोगिता, भाले छोप्ने प्रतियोगिता र कुर्चिदौड लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

भलिवल खेल तर्फ ९ टिमको सहभागिता रहेको थियो । जसमा वडा नं. ७ को टिम विजेता भयो भने वडा नं. ३ ले उपविजेतामा चित्त वुझायो ।आजको कार्यक्रमको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा रहनु भएको थियो ।

प्रमुख अतिथिको रुपमा वोल्दै नगर प्रमुख सापकोटाले स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहले अग्रसरता लिने वताउनु भयो ।

कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाइ आज नै नगद,कप,मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो । वडा सदस्य संकर परियारको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रम वडा अध्यक्ष नरेशराज खरेलको अध्यक्षता र ददल्का मा.वि.का शिक्षक कालिदास खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!