Friday, October 7

बालकृष्ण खाँणलाई देउवाले लोप्पा ख्वाए

काठमाडौँ ।

अहिलेका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण महामन्त्रीको रिङबाट आउट भएका छन् ।

तल्लो तहमा राम्रो पकड जमाएका खाण महामन्त्रीको पदबाटै आउट भएका हुन् ।

उनले महामन्त्रीमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार सुरु गरेका थिए । कृष्ण प्रसाद सिटौलाको मूसा प्रवृत्तिको मारमा खाण पनि परेका छन् ।

सिटौला समूहले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर महाधिवेशनमा जाने सहमति गरेपछि देउवाले महामन्त्रीमा सिटौला समूहका पौडेललाई रोजेका छन् ।

यस्तै अर्का महामन्त्रीका उम्मेदवार प्रकाशशरण महत देउवाका निकट मानिन्छन् ।

बागमती प्रदेशमा संस्थापनइतर समूह कमजोर हुँदाहुँदै देउवा प्यानलका इन्द्र बाँनियाले चुनाव जितेका थिए ।

इन्द्र बानियाँलाई चुनाव जिताउन महत हेटौंडामै केही दिन बसेका थिए ।

महतलाई महामन्त्रीबाट ब्याक गर्दा बागमतीबाट आउने भोट केही बिग्रने भएपछि उनी देउवाको रोजाइमा परेका हुन् ।

तर, खाणको प्रदेश लुम्बिनीमा संस्थापनइतरले प्यानलनै जितेको छ । त्यहाँ खाणले षडयन्त्र गरेको देउवापक्षको आरोप छ ।

जित्नका लागि प्यानलमा अरुलाई ल्याउनुपर्ने हुँदा देउवाले आफ्नै टिमकालाई भने पाखा पारेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा समेत देउवा टिममा अटाएननन् । महामन्त्रीमा दाबी प्रस्तुत गरेका उनलाई सहमहामन्त्रीमा देउवाले अफर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!