Thursday, September 29

सुर्योदय युवा क्लवको वार्षिकोत्सव अन्तर्गत भोलि विशेष कार्यक्रमका विच भलिवल फाइनल खेल हुने !

सुर्योदय युवा क्लवको वार्षिकोत्सव अन्तर्गत दोस्रो दिनका कार्यक्रम सम्पन्न, भोलि विशेष कार्यक्रमका विच भलिवल फाइनल खेल हुने ! 

 गोविन्द कंडेल, मुसिकोट गुल्मी २४ मंसिर २०७८ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय युवा क्लवले आफ्त्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् भलिवल तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत दोस्रो दिनका कार्यक्रम भव्यता पुर्वक सम्पन्न भएका छन ।

क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा यही मंसिर २३ देखी २५ गते सम्म कार्यक्रम आयोजना गरेको छ । २०५० सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा  दर्ता भइ सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समेत गर्दै आएको छ ।

यस क्लवले विगतमा प्रत्येक वर्ष विजयादशमी तथा शुभदीपावलिको अवसर तथा क्लवको वार्षकोत्सव पारेर विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस क्लवको वार्षिकोत्वसव तथा विभिन्न कार्यक्रम गर्नको लागि वडा नम्बर ८ ले लगातार ४ वर्ष देखी वार्षिक रूपमा रकम विनियोजन गर्ने गरेको छ  ।   क्लवको २८ औं वार्षिकउत्सवको अवसरमा खुल्ला भलिबल प्रतियोगिता सङ्गै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

हिज देखी सुरु भएको खुला पुरूष भलिबल तर्फ कुल २० टिमको सहभागिता रहेकोमा समुह चरण र क्वाटर फाइनल खेलका अतिरिक्त महिला तथा पुरुष कुर्ची दौड आज सम्पन्न भएका छन ।  भोली भलिवल सेमी फाइनल, फाइनलका अतिरिक्त विविध साँस्कृतिका कार्यक्रम समेत रहने  आयोजकले जनाएको छ साथै भोलीको खेल विहान ८ वजे देखी सञ्चालन हुने वताइएको छ ।

खुला पुरुष भलिवल खेलको सहजिकरण लुम्विनी प्रदेश स्तरिय रेफ्री द्वय नविन छन्तेल र सोम दर्लामी मगरले गरि रहनु भएको छ । भोलिको विशेष कार्यक्रममा नगर प्रमुख सोमनाथ सापकोटा लगायतको सहभागिता समेत रहने क्लवले जनाएको छ ।

खुला पुरुष भलिबलको प्रथम पुरस्कार ३५,५३५ मेडल र प्रमाणपत्र  रहेको छ भने दोश्रो पुरस्कार १७,७१७ मेडल र प्रमाणपत्र, साथै तेस्रो पुरस्कार ८,८८८ मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट, अनुशासित लगायत विभिन्न विधागत पुरस्कार समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!