Sunday, September 25

माधव नेपाललाई हेर्दै केपी ओली मुसुमुसु हाँसेपछि…

काठमाडौं- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेस कार्यकर्ताले प्रारम्भमा हुटिङ गरेपछि अर्का अथिति एमालेका अध्यक्ष केपी शर्मा ओली मुसुमुसु हासेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले अध्यक्ष नेपाललाई सम्बोधनका लागि आमन्त्रण गरेपछि काँग्रेस कार्यकर्ताले उनको स्वागतमा हुटिङ गरेका हुन् ।

नेपाललाई काँग्रेस कार्यकर्ताले हुटिङ गर्दा मञ्चमा बसेका एमाले अध्यक्ष ओली भने मुसुमुसु हाँस्नु हाँसे ।

आफूबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादीलाई एमालेले राजनीतिक दलका रुपमा अस्वीकार गर्दै आएको छ ।

नेपाललाई पार्टी अध्यक्षका रुपमा सम्बोधनका लागि बोलाउँदा नेपाललाई हेर्दै ओलीले व्यंग्यात्मक हाँसो हाँसेका थिए ।

अध्यक्ष नेपालले सम्बोधन गरिरहँदा बीच बीचमा पनि काँग्रेस कार्यकर्ताले हुटिङ गरेका थिए ।

ओलीले नबोल्दै हिँडे प्रचण्ड र माधव नेपाल

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।

ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!