Friday, October 7

केपी ओलीले लगाए गगन थापामाथि चोरीको आरोप

काठमाडौं– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता गगन थापामाथि चोरीको आरोप लगाएका छन् । ओलीले आफूहरूले ल्याएको नारा पटकपटक चोरी भएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

शुक्रवार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले गगनले एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपालः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे।

कार्यक्रममा ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताए। नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको उनले बताएका छन्।

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे। नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उनले बताए। अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए।

उनले भने, ‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!