Wednesday, September 21

प्रचण्ड र नेपालले नमस्कार गर्दा ओलीले गरे बेवास्ता

काठमाडौं ।

काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शीर्ष नेताहरूबीचको सम्मानमा रोचकता देखिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नमस्कार गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कांग्रेसको उद्घाटन सत्रमा पुगे ।

तर, छेउमै रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका नमस्कारको भने बेवास्ता गरेका छन् ।

दुई शीर्ष नेताहरूले गरेका नमस्कारलाई ओलीले बेवास्था गर्दै आसनग्रहण गरेपछि त्यसले सबैको ध्यान खिँचेको छ ।

ओली, प्रचण्ड र नेपाल लामो समयपछि एकैमञ्चमा देखिएका हुन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् ।

एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको ओलीको भनाई छ ।

वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको बताए । उनले कांग्रेसलाई सही बाटोमा हिँड्न सम्झाउने पनि बताए ।

ओलीले एमाले र कांग्रेसबाहेक अरु पार्टीको औचित्य नरहेको र उनीहरु पृथ्वीको वरिपरि घुम्ने स्याटेलाइनजस्तै रहेको बताए ।

अहिले केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको भन्दै प्रचण्ड माधव पक्षमाथि व्यंग्य पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!