Saturday, October 1

रोचक वन्दै काँग्रेस महाधिवेशन,सभापतिमा त्रिपक्षिय भिडन्त,कसले मार्ला बाजी ?

रोचक वन्दै काँग्रेस महाधिवेशन,सभापतिमा त्रिपक्षिय भिडन्त,कसले मार्ला बाजी ? – काठमाडौं । नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

सिंहले शनिबार बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ ।

सस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।

संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!