Sunday, September 18

भीम रावल एकदमै राम्रो मान्छे हुन् : केपी ओली !

भीम रावल एकदमै राम्रो मान्छे हुन् : केपी ओली ! – काठमाडौं । यही मङ्सिर २५ र २६ गते नेकपा एमालेले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ ।

बैठकले स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्ने नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली आफ्नो कोर टीमको सहयोगमा नाम सूची तयार पार्न व्यस्त देखिन्छन् ।

चितवनको सौराहामा आयोजित दशौँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा भीम रावलले चुनौती दिएका थिए । सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको उम्मेदवारीले ठेस पुर्याएको थियो ।

रावलले अध्यक्ष त हारे तर केन्द्रीय कमिटीमा भने निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित नभए केन्द्रीय कमिटीमा पनि नबस्ने भन्दै रावलले सपथग्रहण गर्न मानेनन् ।

स्थायी कमिटीको सूची बनाउने क्रममा केही दिनअघि ओलीले रावलको नाम लिएका थिए । केन्द्रीय सदस्यको सपथ नखाएका रावललाई स्थायी कमिटी सदस्य बनाउन अप्ठेरो परेको भन्दै ओलीले गुनासो गरेका हुन् ।

आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले भनेका थिए, ‘रावल मान्छे त राम्रो हुन् नि, तर भनेको मान्दैनन् । भनेको माने स्थायी कमिटीमा ल्याउन हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!