Tuesday, October 4

ओलीले भने: चोलेन्द्रको गल्ती नै छैन किन हटाउने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै गल्ती नगरेकाले उनलाई हटाउन जरुरी नभएको बताएका छन् ।

उनले चोलेन्द्रले आफूले कुनै गल्ति नगरेको बताइरहेका बेला महाअभियोग लगाउने सम्भावना नै नभएको समेत बताएका छन् ।

नेपाल बारका प्रतिनिधिसँग निवास बालकोटमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले न्यायालयमा तत्कालै सच्चिएर अघि बढ्ने अवस्था नरहेको बताएका छन् । उनले कानुन व्यवसायी पनि सच्चिनुपर्ने अवस्थामा रहेको बताए ।

“क–कसले के के बहस गर्नुभयो मैले बिर्सेको छु,” संसद् विघटनको विपक्षमा बहस गरेका वकिलतर्फ संकेत गर्दै ओलीले भने, “संसदले हो प्रधानमन्त्री बनाउने र हेरफेर गर्ने कुरा त्यहाँ थाहा पनि भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!