Monday, October 3

सुर्योदय युवा क्लवको आयोजनामा मुसिकोटमा खुला भलिवल तथा साँस्कृतिक कार्यक्रम हुँदै !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय युवा क्लवले वृहत् भलिवल तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।  यही मंसिर २४,२५ र २६ गते कार्यक्रम आयोजना गर्न लागिएको हो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा  दर्ता भइ सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समेत गर्दै आएको छ । हाल मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहनुभएका नारायण सापकोटा यस क्लवको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

यस क्लवले विगतमा प्रत्येक वर्ष विजयादशमी तथा शुभदीपावलिको अवसर तथा क्लवको वार्षकोत्सव पारेर विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

क्लवले पोखरी तथा चौपारी निर्माण,विपन्न परिवारलाइ सहायताका अतिरिक्त विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । क्लवले २०६७ सालमा खड्ग निशाना कोट दरबारको प्रचारप्रसारको लागि वामीकोट महोत्सव समेत गरेको क्लवका अध्यक्ष सन्दिप खत्रीले वताउनु भयो ।

यस क्लवको वार्षिकोत्वसव तथा विभिन्न कार्यक्रम गर्नको लागि वडा नम्बर ८ ले लगातार ४ वर्षसम्म वार्षिक रूपमा रकम विनियोजन गर्ने गरेको छ  ।   क्लवको २८ औं वार्षिकउत्सवको अवसरमा खुल्ला भलिबल प्रतियोगिता सङ्गै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

खुला पुरूष भलिबल तर्फ सहभागिताको लागि टिम दर्ता मंसिर २२ गते बिहान १० बजेभित्र गरिसक्नुपर्ने छ भने फोनबाट समेत टिम दर्ता गर्न सकिने क्लबले बताएको छ ।

२,००० रुपैयाँ दर्ता शुल्क रहेको भलिबलको प्रथम पुरस्कार ३५,५३५ मेडल र प्रमाणपत्र  रहेको छ भने दोश्रो पुरस्कार १७,७१७ मेडल र प्रमाणपत्र, साथै तेस्रो पुरस्कार ८,८८८ मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट, अनुशासित लगायत विभिन्न विधागत पुरस्कार समेत राखिएको छ ।

कार्यक्रममा सम्बन्धित सबैलाइ सुचना तथा पत्राचार गरिएको  क्लवले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!