Friday, September 23

भीम रावलले गरे एमाले छाड्ने संकेत

काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा.भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

उनी कुनैपनि राजनैतिक गतिविधिमा देखिएका छैनन्। उनले अध्यक्ष पदमा हारेपनि केन्द्रीय सदस्यमा पनि नरहने उही बेला बताइसकेका छन्।

हाल रावल पार्टीको कुनै पनि जिम्मेवारी पदमा छैेनन्। एमालेबाट खरो र प्रष्टवक्ताको रुपमा चर्चा कमाएका उनी विधि, पद्धति, पार्टीको अनुशासन र लोकतन्त्र जोगाउन उद्धत थिए।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटीरुपमा गर्ने गरेका निर्णयको खुलेरै विरोध गर्ने रावल हाल मौन अवस्थामा बस्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

पार्टीको महाधिवेशनमा केपी ओलीले एकलौटीरुपमा आफू अध्यक्ष र आफ्नै गोजीका नेतालाई पदाधिकारी बनाउने खेललाई उनले ध्वस्त बनाएका थिए।

चितवनमा भएको महाधिवेशनमा चुनावी प्रणालीबाट पदाधिकारी छान्नुपर्ने अडानसहित अध्यक्ष पदमा ओलीलाई काउन्टर गरेका रावलले सम्मानजनक मत पाउदै चुनाव हारे।

अध्यक्षमा उनी हारेपनि लोकतन्त्रलाई जिताएको, केपी ओलीको सनकको राजनीतिलाई लोकतान्त्रिक अभ्यास गराउन मैदानमा पछारेरै छोडेको भन्दै समाजिक संजाललगायत देश विदेशबाट राम्रै स्यावासी पाए।

ओली प्रधानमन्त्री पदमा हुँदा पटक–पटक संसद विघटन गर्दा रावलले उक्त कार्यको विरुद्धमा अग्रपंक्तिमा डटेर ओलीलाई बालुवाटारबाट लखेट्ने काम गरेका थिए।

सो आन्दोलनमा तत्कालिन एमाले नेता माधव कुमार नेपाल र झलनाथ खनालको फेरो समातेका रावल पूनः ओलीसँगै फर्किएका थिए।

संसद विघटन गरेका ओलीलाई सो बेला खेदो खनेर विरुद्धमा उत्रिएका रावललाई ओलीले अब खेलाइ -खेलाइ उनको राजनीति ध्वस्त पार्न लागेको हुनसक्ने कतिपयको विश्लेषण छ।

त्यहि भएर पनि होला ओलीले दिएको केन्द्रीय सदस्य पद रावलले अस्विकार गरेका हुन सक्छन्। अब ओलीसँगको यात्राबाट आफनो राजनीति सप्रिन नसक्ने उनको बुझाई हुन सक्छ।त्यहि कारण रावल अब माधव कुमार नेपाललको पार्टी एकिकृत समाजवादीमा जान सक्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
10
+1
2
+1
12
+1
0
+1
3
+1
5
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!