Friday, October 7

सहकारी संस्थाहरूको क्षमता विकास सम्वन्धी तालिम मुसिकोटमा सम्पन्न ।

१७ मंसिर २०७८, गोविन्द कंडेल, मुसिकोट गुल्मी ।  मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा संचालित ३ दिने सहकारी क्षमता विकास तालिम आज वामीटक्सारमा सम्पन्न भएको छ ।

नगरपालिकामा संचालित सहकारी संस्थाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वताउनु भयो ।

३ दिन सम्म संचालन भएको तालिम कार्यक्रममा सहकारी व्यवस्थापनका सम्वन्धमा विभिन्न विषयमा गरी १५ वटा कक्षा संचालन गरिएको थियो । ग्रमिण भेगमा दर्ता भएका सहकारी संस्थाहरु विशेष गरी कृषि, बचत र वहुउद्देश्यीय सहकारी संस्थालाई लक्षित गरी तालिम संचालन गरिएको मुसिकोट नगरपालिकाको कार्यालयले जनाएको छ ।

तालिममा नगरपालिकामा संचालित सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागीता रहेको थियो । तालिमको जिल्ला सहकारी संघका अध्यक्ष नरेशराज भण्डारी, जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्य र मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रशिक्षकको रूपमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, विभिन्न शाखाका शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । उद्घाटन र समापन सत्रको सञ्चालन तालिम संयोजक महेन्द्र घिमिरेले गर्नु  भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!