Tuesday, October 4

नायिका करिश्माले पास गरिन् कक्षा १२, ल्याइन् ‘ए प्लस’

नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो ।

नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् ।

कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिइन् ।

कक्षा १२ पास भइन् रचना रिमाल, कति आयो जिपिए ?      पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् ।

उनले ३.४४ जिपिए प्राप्त गरेकी छन् । उनले सामाजिक संजालमार्फत् उक्त कुरा जानकारी गराएकी हुन् ।

‘नेपाल आइडल सिजन-२’ बाट सांगीतिक यात्रा सुरु गरेकी रिमाल पछिल्लो समयकी निकै व्यस्त गायिकामा पर्छिन् ।

रचना गीत रेकर्डिङ र कार्यक्रममै व्यस्त हुन्छिन् । पढाईमा खासै समय दिन नभ्याएकी उनले उकृष्ट नतिजासहित कक्षा १२ पास गरेकी छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!