Monday, October 3

वित्तिय साक्षरता तथा डिजिटल बैकिंङ सम्बन्धी कार्यक्रम वामीमा सम्पन्न !

वित्तिय साक्षरता तथा डिजिटल बैकिंङ सम्बन्धी कार्यक्रम वामीमा सम्पन्न –  मंसिर १६ वामीटक्सार । वित्तिय साक्षरता तथा डिजिटल बैकिंङ सम्बन्धी साक्षात्कार कार्यक्रम वामीटक्सार गुल्मीमा सम्पन्न भएको छ । ग्लोबल आईएमई बैकं वामी शाखा गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा डिजिटल बैकिंङ र यसको प्रयोगका विषयमा जानकारी गराईएको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्दै ग्लोबल आईएमई बैकं फाईनान्सेयल रिसोर्स म्यानेजमेन्ट दिप्ती ढुगेंलले सन् २००७ सालमा स्थापना भएको बैकंका हाल ७३ जिल्लामा २८७ शाखाहरु रहेको जानकारी गराउनुभएको थियो । साथै उहाँले पछिल्लो समय विश्वसनीय र भरपर्दो बैकंका रुपमा ग्लोबल आईएमई बैकं स्थापित हुन सफल भएको समेत बताउनुभयो ।

त्यस्तै ग्लोबल आईएमई बैकं डिजिटल बैकिंङ डिपार्टमेन्टका सिनियर म्याजेजर महेन्द्रराज जोसीले बढ्दो प्रविधिको विकास र समयसगैं ग्राहकहरुलाई बैकंमा नगईकन पनि आर्थिक कारोबार गर्न सक्ने बनाउने उद्धेश्य सहित देशभर यो कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउनुभयो ।

उहाँले मोबाईल बैकिंङ, ईन्टरनेट बैकिंङ प्रयोग गर्ने तरिका तथा यसको महत्वका विषयमा सहभागीहरुलाई प्रष्ट पानुभएको थियो । उहाँले मोबाईल बैकिंङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा पनि जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका अन्तर्गत रहेका विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि,व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!