Friday, October 7

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, दुई जना संक्रमित

काठमाडौं । दक्षिण अफ्रिकाबाट शुरू भएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भारतमा पनि भेटिएको छ ।

दुई दर्जन भन्दा बढी देशमा पुगिसकेको भाइरस भारतमा पनि भेटिएसँगै नेपाल झन असुरक्षित बनेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।

यसरी संक्रमित हुनेहरुमा ६६ र ४६ वर्षीय मानिसहरु रहेका छन् । हाल उनीहरुको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।

यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए।

भारतमा भेटिएको डेल्टा भेरियन्ट भन्दा पनि यो प्रजाति निकै संक्रामक र घातक रहेको बताइएको छ ।

जसको कारण विश्वका विभिन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् भने अन्य देशहरुबाट हुने आवागमन पनि कडा बनाएका छन् ।

भारतमा संक्रमित देखिएसँगै नेपालमा पनि यो भाइरस फैलिन सक्ने सम्भावना बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!