Monday, September 26

कक्षा १२ काे परीक्षाफल प्रकाशितबारे अन्तिम तयारी पूरा, साँझसम्म सार्वजनिक हुने

काठमाडौं मंसिर १६,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेकाे छ ।

परीक्षाफल प्रकाशित गर्ने बारे छलफलका लागि आज अपरान्ह ३ बजे बाेर्डकाे बैठक बाेलाइएकाे छ ।

बोर्ड स्रोतका अनुसार सकभर आजनै परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएकाे छ । आज सम्भव नभए भोली प्रकाशित हुने बताइएकाे छ ।

तीन बजे बाेलाइएकाे बाेर्ड बैठकमा परीक्षाफल प्रकाशित गर्नका लागि गरिएकाे अन्तिम तयारी हेरिने र भ्याएसम्म आजै परीक्षाफल प्रकाशित गरिने बाेर्ड स्राेतले जनाएकाे छ ।

दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।

त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!