Friday, October 7

रघुगंगामा साझँ भएको जीप दुर्घ,टनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो, ३ जना पोखरा रेफर !

म्याग्दी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औल भन्ने ठाउँमा आज (सोमवार) बेलुकी जीप दु,र्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दु,र्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

जीप दु,र्घटनामा ज्यान गुमाउने र घा,इते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् ।  ज्यान गुमाउनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।  

दुर्घ,टनामा घा,इते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताउनुभयो । घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चो,ट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

घा,इते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । घा,इते शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ ।  

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दु,र्घटनामा परेको थियो । दु,र्घटनाको कारण भने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!