Thursday, September 22

वडिगाडमा मोटरसाइकलको ठक्करबाट एकजना घा,इते !

बडिगाड :बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घा,इते भएका छन् । घा,इते हुनेमा बडिगाड गाउँपालिका ७ का आयोग खरेल रहेका छन् । उनको बाँयाँ हात र खुट्टामा चोट लागेको बताइएको छ । शुक्रबार बेलुका करिब ९ बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत ग्वालीचौर देखि खर्बाङतर्फ जाँदै गरेको लु १८ प ७२८४ नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइ,ते भएका हुन् ।

घाइ,ते खरेललाई स्थानिय मेडिकलमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गएिको इलाका प्रहरीचौकी खारका असइ गुरूप्रसाद न्यौपाने जानकारी दिए । मोटर साइकल चालक मुसिकोट नगरपालिका ७ गुल्मीका २१ बर्षिय एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक रानाले मदिरा सेवन गरेकाले दु,र्घटना भएको प्रहरीले जनाएको छ । उनले दु,र्घटना गराई भागेका थिए । स्थानीयले देखेपछि उनलाई नियन्त्रणका लागि पछ्याउने क्रममा साथी सहित मेलाबाट फर्केका उनीहरुले केही पर ध १ ज १९१ नम्बरको जिपको झ्यालमा समेत तोडफोड गरेको स्थानियले बताएका छन् । -Badigad Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!