Wednesday, October 5

नेताहरूकाे व्यवस्थापनका लागि विधान संशोधन गर्ने उद्येश्यले एमाले केन्द्रीय समिति वैठक वस्दै !

चितवन । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज  बस्दैछ ।

नारायणी नदी किनारमा भएको उद्घाटन समारोहपछि साँझ ८ बजे सौराहमा बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् । नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा तीव्र छ ।

महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । असोज १५–१७ मा भएको विधान महाधिवेशनबाट संशोधित एमालेको विधानअनुसार केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ छ । स्रोतका अनुसार केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।

तर पदाधिकारी बढाउन भने ओली तयार देखिएका छैनन् ।हालको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी रहने छन् । नेताहरुले भने यसलाई २१ वा २३ सम्म पुर्‍याएर भएपनि सहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने बताइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!