Friday, October 7

मुसिकोट नगरपालिका गुल्मीकाे दशाैँ नगरसभा सम्पन्न, महत्वपुर्ण तिन विधेयक पारित ।

मुसिकोट नगरपालिका गुल्मीकाे दशाैँ नगरसभा सम्पन्न, महत्वपुर्ण तिन विधेयक पारित ।

गोविन्द कंडेल, मुसिकोट गुल्मी , २०७८ मंसिर १ । मुसिकोट नगरपालिका गुल्मीकाे दशाै नगरसभा बुधवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मुसिकोट नगरपालिकाले केही योजनाहरू संशोधन सहित महत्वपुर्ण तिन विधेयकहरू पारित गरेको छ ।

बुधवार मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा सम्पन्न दशाै नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

सभाकाे पहिलो वैठकमा नगर उपप्रमुख कमला शर्माले आर्थिक वर्ष २०७८/०७९ को आंशिक बजेट तथा कार्यक्रम ससोंधन विधेयक २०७८, विद्यायन समिति सयोंजक नरेशराज खरेलले मुसिकोट नगरपालिकाको आर्थिक विद्येयक २०७८  र सुशासन तथा संस्थागत क्षमता विकास समिति सयोंजक भागीरथ खरेलले आ.व.२०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा नियमित गर्नुपर्ने भनिएका वेरूजु समपरिक्षण सम्वन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभाको दोस्रो वैठकमा छलफल पछी प्रस्तावित प्रस्तावहरू मध्ये अन्तिम लेखा परिक्षण प्रतिवेदनमा नियमित गर्नुपर्ने भनिएका वेरूजु समपरिक्षण सम्वन्धी प्रस्ताव वहुमतले पारीत भएको छ उक्त प्रस्तावमा एक जना मात्रै सभा सदस्यको फरक मत रहेको थियो भने अन्य दुवै प्रस्तावहरू सर्व सहमतीले पारित   भएका हुन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरसभा सरकारका तिन महत्वपूर्ण अगंहरूमध्ये व्यवस्थापिका रहेकाले व्यवस्थापकीय अधिकार अन्तर्गतका विषयहरु कानुन बनाउने, बजेट तथा कार्यक्रमहरु ससोंधन गर्ने लगायतका काम  नगरसभाबाट सम्पन्न भएको बताउनुभयो ।

नगरपालिकाको दशाैँ नगरसभाको सम्पुर्ण कारवाही आज नै सम्पन्न भएको छ । सभा सम्पन्न पश्चात नगर प्रमुख सापकोटाले सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायत सम्वद्ध सवैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!