Thursday, October 6

गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले सभा गर्दा भित्ता भित्ता भरिन्छ : ओली

गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले सभा गर्दा भित्ताभित्ता भरिन्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव राम्रो भएको बताएका छन्। उनले आफ्नो पार्टीले सभा गर्दा भित्ताभित्ता भरिने बताएका हुन्।

‘यहाँहरुलाई थाहा छ, दुनियाँ एकापट्टि लागेको छ। पाँच दलीय गठबन्धन भन्छन्। गठबन्धन कत्रो हुन्छ? गठबन्धनले सभा गर्‍यो भने आँगन भरिँदैन। एक आँगन भरिँदैन’, सोमबार धनकुटामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेकपा एमालेले सभा गर्ने भन्यो हेर्नुस् त, कान्लाकान्ला, भित्ताभित्ता। कतै अटेको छैन। बाटाघाटा, भित्ताभित्ता सबै। कोही रुख चढेर हेर्नुभएको छ, कोही बार्दलीबाट हेर्नुभएको छ।’

उनले नेपाली कांग्रेसलाई थोत्रो पार्टी भएको बताए। ‘नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो। अब नेपाली कांग्रेसको पछाडि लाग्ने कस्ता होलान् विचार गर्नुस् त’, गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले भने।

उनले थपे- ‘अहिले नेपाली कांग्रेसको पछाडि लागेर, आफ्नो दुई तिहाइको पार्टी फोडेर, आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछाडि लागेर अनि सरकारमा सहभागी हुने कस्तो बुद्धि होला तिनीहरुको?’ उनले अन्य पार्टीहरू परित्याग एमालेमा प्रवेश गर्नेहरुको भविष्य सुरक्षित भएको बताए। पाँच वर्षपछि बेलैमा बुद्धि पुर्‍याइयो भन्ने लाग्ने उनको भनाइ थियो। @Nepal Live

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!