Monday, September 26

तिर्थयात्री बोकेको जीप दु,र्घटना हुँदा ४ जनाको ज्यान गयो १२ घाइते !

तिर्थयात्री बोकेको जीप दु,र्घटना हुँदा ४ जनाको ज्यान गयो १२ घाइते !

२९ कात्तिक, काठमाडौं । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो  जिप दु,र्घटना भएको छ । जिप दु,र्घटनामा परी चार  जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)  गोविन्दराज काफ्लेले जानकारी दिए । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रमुख काफ्लेले बताए ।

मृ.त्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन । दु,र्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए ।

च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका-९ मा दु,र्घटना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!