Tuesday, October 4

विवेकशिल साझाबाट फुटे पछी पाण्डे पक्ष नयाँ पार्टी दर्ताको तयारीमा, के हाेला नयाँ दलकाे नाम ?

मिलन पाण्डे पक्ष नयाँ पार्टी दर्ताको तयारीमा

२८ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएसँगै पार्टीभित्र अल्पमतमा रहेको पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो ।

पाण्डे पक्षका एक नेताको दाबीअनुसार हाल विवेकशील साझा पार्टी सुदृढिकरण अभियान भनेर गठन गरिएका समिति नै नयाँ पार्टीमा परिणत हुनेछ । यसका लागि पाण्डे पक्षका नेताहरुबीच छलफल भइरहेको स्रोतले बतायो । नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुुसार विवकेशील साझा अग्रगमनसहितका नाम छलफलका क्रममा प्रस्ताव गरिएका छन् ।तर पाण्डे पक्षका सचिवालय सदस्य केशव दाहालले चाहिँ नयाँ दल दर्ता गर्नेबारे छलफल नभएको दाबी गरे । उनले भने, ‘जुन हिसाबले पार्टी गलत दिशामा गयो, त्यसलाई ठिक गर्न राजनीति र वैधानिक संघर्ष जारी राख्छौं, मुलबाटो पक्षका साथीहरुलाई विचार समूहमार्फत एकठाउँमा राख्छौं ।’

उनले अध्यक्ष मिश्र पक्षको वैकल्पिक राजनीतिक आन्दोलनप्रति निष्ठा नभएको बताउँदै भने, ‘पार्टीलाई वैकल्पिक बार्टी बनाउन, ठिक दिशा दिन पर्यत्न गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!