Monday, September 26

अवैध लागूऔषध सहित २७ वर्षिय युवक पक्राउ !

अवैध लागूऔषध सहित २७ वर्षिय युवक पक्राउ !

काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल सहित सप्तरी राजबिराज नगरपालिका-३ बस्ने २७ वर्षीय सूर्य प्रताप सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर बेलौरी नगरपालिका-४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २ ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Jyotinews को सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!