Thursday, October 6

५ वर्षे आवधिक योजना बनाउँदै मुसिकोट नगरपालिका, पहिलो चरणको गोष्ठि सम्पन्न !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरलिकाको प्रथम  आवधिक याेजना तथा मध्यमकालिन खर्च संरचना तर्जुमा सम्वन्घी योजना बनाउने काम सुरु गरेको छ । नगरपालिकाले मुसिकोटको दिगो विकासको लक्ष्य प्राप्त गर्ने उद्येश्यले सो योजना बनाउन लागेको हो ।

आवधिक योजनाको लागि नगरपालिकामा पहिलो चरणमा तिन दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा एस.डी.  इन्जिनियरिगं कन्सल्टेन्सी काठमाण्डॏको प्राविधिक सहयोगमा आवधिक योजना तथा मध्यमकालिन खर्च संरचना तयार गर्न लागिएको हो ।

आवधिक योजनाको प्रथम चरणको कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख सापकोटाले विना योजनाको कामले लक्षमा नपुगिने भएकाले योजना, लक्ष  र उद्देश्य सहित काम गर्नुपर्ने बताउनुभयो । उहाँले यथार्थको विश्लेषण गरी योजना बताउन आग्रह गर्नुभयो । हावामा योजना बन्यो भने त्यो कार्यान्वयनमा नआउने कुरामा उहाँले सचेत गराउनुभयो ।

सापकोटाले आवधिक योजना बनाउन केही ढीला भए पनि यथार्त केलाएरै योजना बनउन लागिएको बताउनुभयो । उहाँले तथ्य, तथ्याङ्क र बस्तुस्थितिको यथार्थ विश्लेषण गरेर मात्र आवधिक योजना तयार हुने बताउनुभयो ।

आवधिक योजना एवं मध्यमकालिन खर्च संरचना निर्माणको पहिलो चरणमा तिन दिने कार्यशाला गोष्ठि मार्फत विभिन्न पाँच समुह निर्माण गरी सुझाव संकलन गरिएको थियो । पाँच समुहमा जनप्रतिनिधी, कर्मचारी, राजनितिक दलका प्रतिनिधी,वित्तिय संस्था,उधोग वाणिज्य संघ, सहकारी, कृषक, सामुदायिक वन एवं विषयविज्ञ हरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले हाल आवधिक योजना निर्माणको प्रारम्भिक चरणमा रहेको र अन्तिम अवस्था सम्मामा पुग्दा पालिका स्तरमा मात्र होइन वडा वडाबाट प्राप्त सुझावहरूलाइ समेत समेटेर आवधिक योजनालाइ अन्तिम रूप दिईने बताउनुभयो ।

आवधिक योजना निर्माणको लागि सहयोगी संस्थाको तर्फबाट वरिष्ठ विज्ञ प्रेम प्रसाद दवाडी नेतृत्वको पाँच सदस्यिय टिमले नेतृत्व गरिरहेको छ । विज्ञ दवाडीले सबै कुराको रेसारेसा केलाएर मात्र आवधिक योजनालाई अन्तिम रुप दिइने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कमला शर्मा, नेकपा एमालेका जिवन खरेल,नेपाली कांग्रेसका झविलाल भण्डारी, विज्ञ गिता पॏडेल लगायतले सुझाव सहितको मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन योजना अधिकृत मुना ज्ञवालीले गर्नु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!