Thursday, September 29

गुल्मीको मुसिकोटमा मोटरसाईकल दु,र्घटना, एक जनाको मृ,त्यु, एक घाइते

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ झेंदिमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ ।

दु,र्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्बर ४ धारापानिका २८ बर्षिय सुरज हितानको मृ,त्यु भएको र मोटरसाइकलमा सवार मुनपा ४ धारापानिकै रबिन शाहि ठकुरि सामान्य घाइते भएको प्रहरिले जनाएको छ ।

हात र छातिमा चोट लागेका हितानको उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा करिब रातको १; ४५ बजे मृ,त्यु भएको प्रहरिले जनाएको छ ।

बुधबार साँझ करिब ८; ४५ बजे मुसिकोट ७ वामी टक्सार देखी मुसिकोट ४ बडागाँउ धारापानि जाँदै गरेको लु ३६ प ६८३३ नम्बरको मोटरसाईकल मुसिकोट ७ झेँदिमा रहेको बडिगाड नदिको पुल नजिकै दुर्घटना भएको जानकारि प्राप्त भएको छ। मोटरसाइकल अनियन्त्रित भई दु,र्घटना भएको प्रहरिले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!