Monday, September 19

खुला पुरूष भलिवल तथा विविध कार्यक्रम मुसिकोट-२ देउरालीमा आज देखी सुरू !

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी । तुफान परिकल्पना युवा क्लब मुसिकोट २ देउरालीले आयोजना गरेको खुल्ला भलिबल तथा विविध कार्यक्रमको उद्घाटन समारोह  आज सम्पन्न भएको छ ।

विजया दशमीको पावन अबसर पारेर विगतका वर्षमा जस्तै यस वर्ष पनि क्लबले खुल्ला भलिबल तथा विविध कायक्रमको उद्घाटन आज एक समारोह बिच मुसिकोट नगरपालिका भैतिक पुर्वाधार विकास समिती संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष कर्ण बहादुर क्षेत्री बाट गरिएको हो

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनु भएका क्षेत्रीले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने वताउदै मुसिकोट नगरपालिकाले खेलक्षेत्र लाई प्राथमिकतामा राखेको बताउनु भयो। यस्ता कार्यक्रम आयोजनाले खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने बताउदै क्लबलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो

आज बाट शुरु भइ यही असोज २६ गते सम्म संचालन हुने कार्यक्रममा भलिबल तथा अन्य विविध कार्यक्रम संचालन गरिने छ। आज भएको खुल्ला भलिबल तर्फको  रेस्क्यु युवा क्लब र खड्गदेवी युवा क्लब बिच भएको खेलमा रेस्क्यु युबा क्लव अघिल्लो राउन्ड प्रवेश गरेको छ।

क्लबका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिका भौतिक पुर्वाधार समिति संयोजक कर्ण बहादुर घर्ती क्षेत्री प्रमुख अतिथी, मुसिकोट नगरपालिका वडा नं.२ का वडा अध्यक्ष लक्ष्मण खत्रीको विशेष अतिथ्यता, कार्यपालिका सदस्य गोबिन्द नेपाली संघ सस्थाका प्रमुख राजनैतिक दलका प्रतिनिधि सहयोगी खेलाडी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन सचीव रोशन सिह ठकुरीले गर्नु भएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!