Friday, October 7

दसैं विशेष खुल्ला भलिबल तथा सांस्कृतिक कार्यक्रम मुसिकोट-२ देउरालीमा !

गुल्मी: हिन्दुहरुको महान चाड विजयादशमी २०७८ को अवसरमा श्री तुफान परिकल्पना युवा क्लब मुसिकोट २ देउरालीले खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।

कार्यक्रम गुल्मीको मुसिकोट नगरपालिका-२, देउराली स्थित क्लबको खेलमैदानमा असोज २४, २५ र २६ गते आयोजना हुनेछ । खुल्ला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमलाई रु. २५ हजार र द्वितीय हुने टिमलाई रु. १५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष महेन्द्र घिमिरेले जानकारी गराउनु भयो।

खुल्ला भलिबल तर्फ टिम दर्ता गर्न रु. १५०० प्रवेश शुल्क निर्धारण गरिएको छ। यस्तै घैँटोफोडमा विजेता हुने व्यक्तिलाई रु. एक हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

रेकर्ड डान्स प्रतियोगितामा प्रथम हुनेलाई रु. १५०० नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। दोस्रो हुनेले भने रु. १ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

रु. १ हजार नगद पुरस्कार रहेको कुर्ची दौड कार्यक्रमको पनि आयोजना गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो। भलिबल प्रतियोगिताका लागि असोज २४ बिहान ११ बजे भन्दा पहिल्यै टिम दर्ता गर्नुपर्नेछ।

विगतका केही वर्षयता को’रोना महामा’रीको जो’खिमका कारण क्लबले यस्ता कार्यक्रमहरु आयोजना गर्न सकेको थिएन। यस वर्ष जोखिम केही कम भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

प्रतियोगिताका बारेमा थप जानकारीका लागि मोबाइल नम्बर ९८५७०६७४७१ मा सम्पर्क गर्न अथवा mahendraghimire990@gmail.com इमेल पठाउन आयोजकले अनुरोध गरेको छ। फोटो साैजन्य शालिक खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!