Monday, September 19

मुसिकोट कोरोना अपडेट : आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १९ असोज  २०७८,  गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ४० जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. १ का २ जना पुरूष र १ जना महिला, वडा नं. २ का १ जना पुरूष , वडा नं. ६ का १ जना पूरूष, वडा नं. ७ का १ जना महिला र इश्मा गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भइ मुसिकोट वस्ने १ जना पुरूष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ५५९ जना नागरिक संक्रमित भइ सकेकोमा ५४० जना संक्रमण मुक्त भइ सकेको ११ जनाको संक्रमणका कारणले ज्यान गइसकेको र हाल नगरपालिकामा ७ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!