Sunday, September 25

मुसिकोट नगरपालिकाको सार्वजनिक सुनुवाइ भोली, सहभागिताका लागी सवैलाइ अनुरोध !

गोविन्द कंडेल, मुसिकोट गुल्मी १२ भाद्र २०७८। मुसिकोट नगरपालिका गुल्मीले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सार्वजनिक सुनुवाइ मिति २०७८/०५/१३ गते आइतवार गर्ने भएको छ ।

देशका विभिन्न स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ मुसिकोट नगरपालिकाले गर्न लागेको हो । नगरपालकाको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको सहजिकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न हुन लागेको मुसिकोट नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाइ भनेको सेवाग्राहीलाई सँगै राखेर सेवाप्रदायक र सेवाग्राहीबीच गरिने संवाद, छलफल र अनुभव आदानप्रदान गर्ने प्रक्रिया पनि भएकोले सवैको सहभागिताका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले नगर सभाका सम्पुर्ण सदस्यहरु, कार्यालय सँग सम्वन्धित सम्पुर्ण कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समितिका प्रतिनिधी,राजनितिक दल एवं संघ संस्थाका प्रतिनिधीहरु र नगरपालिका सँग सरोकार राख्ने सवैलाइ उपस्थितका लागि मोवाइल सन्देश र सार्वजनिक सूचना मार्फत अनुरोध गरीएको नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले सेरोफेरो नेपाललाइ जानकार दिनु भयो ।

सार्वजनिक सुनुवाईको उद्येश्य सेवाग्राहीले उठाएका विषयलाई सुनुवाई गर्ने, समस्या समाधान गर्ने, स्थानीय सरकारले गरेका काम कारवाहीको बारेमा सेवाग्राहीका सल्लाह, सुझाव, गुनासा सुन्ने भएकोले सवैको सक्रिय सहभागिताका लागि हाम्रो पनि विशेष अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!