Wednesday, October 5

माधव नेपाल समूहले टुँगायो पार्टीकाे नाम र चुनाव चिन्ह

माधव नेपाल समूहले टुँगायो पार्टीकाे नाम र चुनाव चिन्ह

काठमाडौं । नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा जान लागेको नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह केही बेरअघि निश्चित गरेको हो ।

स्रोतका अनुसार नाम नेकपा एमाले (समाजवादी) राख्ने तय भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!