Friday, October 7

आज शुक्रबार मुसिकोटमा थप  ९ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २९ साउन २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २७ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ पुरूष र ४ महिला गरी ९ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुनेहरूमा वडा नं. २ का २ जना पुरुष, वडा नं. ५ की १ जना महिला, वडा नं. ६ का १ जना पुरुष,वडा नं. ९ का ३ जना महिला र २ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ५१५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ५१५ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ११  जनाको मृ,त्यू भइसकेको, ४७६ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल २८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!