Monday, September 26

मुसिकोटमा आज थप एक ६२ वर्षिय पुरूषको कोरोना संक्रमणबाट ज्यान गयो !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २५ साउन २०७८, जिल्लाको मुसिकोट नगरपालिकामा कोरोना संक्रमणबाट एक जना ६२ वर्षिय पूरूषको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका उनको संक्रमणका कारण ज्यान गएको हो । उनी कोरोना सँग सम्वन्धित लक्षण देखिए पनि परिक्षण नगरी घरमै वसेको वुझिएको छ । उनको ज्यान गइसकेपछी परिवारको आग्रहमा उनको वामीटक्सार स्वास्थ्चौकीमा गरिएको एन्टिजेन परिक्षणमा उनमा संक्रमण पुष्टी भएको हो ।

उनको ज्यान गए सँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमणबाट हाल सम्म ११ जनाको ज्यान गएको मुसिकोट नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हिज आइतवार सम्म मुसिकोट नगरपालिकामा ४९७ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल ४९७ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले १०  जनाको मृ,त्यू भइसकेको, ४७८ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले नगरपालिकामा कुल १९ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
3
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!