Saturday, September 24

मुसिकोटमा मुसिकोट गाैरवका योजनाहरूको अनुगमन तिव्र !

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका वडा नं. २ मा निर्माणधिन संरचना अनुगमन तथा आगामी कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

मुसिकोट नगरपालिकाको गौरबको योजनाको रुपमा रहेको मुसिकोट दरबारको संरचनाका लागि मेसिनरी वाल ढुङ्गा सोलिङ्ग छपाई नाली रेलिङ्ग कार्य चल्दै रहेको र वास सुबिधा सहितको शौचालय निर्माण सम्पन्न भैसकेको छ।

मुसिकोट दरबारको संरचना निर्माणको लागि ११ करोडको डि पि आर सम्पन्न सङ्गै सोही अनुरुप बिगत २ बर्ष अघि बाट संघको समपुरक बजेट र मुसिकोट नगरपालिका गुल्मीको बजेट करिब २ करोड ८० लाख टेन्डर प्रक्रिया अन्तर्गतको कार्य सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/०७९ को १ करोड २० लाखको टेन्डर प्रक्रियाको लागि आवश्यक कामको लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । यस बर्ष पुराना कार्यलाई सम्पन्न सँगै मार्गहरुमा ट्रस्ट निर्माण प्रवेशद्वार निर्माण लगायतका कामहरु आवश्यक रहेको बताइएको छ ।

मुसिकोट नगरपालिकाको नाम समेत यस मुसिकोट दरबारको नामबाट नामाकारण गरिएको हो। एतिहासिक दरबारको रुपमा रहेको मुसिकोट दरबारले संरचना निर्माण सँगै आन्तरिक र वाहय पर्यटनलाई समेत लोभ्याउने खालको देखिन लागेको छ। अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, उप प्रमुख कमला शर्मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष लक्ष्मण खत्री, इन्जिनियर राजेन्द्र गौतम प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, वास शाखा प्रमुख सीता भुसाल, सब इन्जिनियर सन्तोष राउत, पवन हितान वडा सचीव दाम बहादुर सोमै कोट ब्यबस्थापन समिति अध्यक्ष पदाधिकारीहरु निर्माण व्यावसायि स्थानीयहरुको उपस्थिति रहेको थियो। मुसिकोट नगरपालिकाकाले मुसिकोट गॏरवका योजनाहरुको अनुगमनलाई तिब्रता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!