Saturday, September 24

उद्यमी युवाहरूलाई विना व्याज सहुलियत कर्जाका लागि मुसिकोटमा त्रिपक्षिय सम्झाैता सम्पन्न !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा युवा उद्यमीहरूलाइ विना व्याज सहुलियत कर्जा परिचालनका लागि त्रिपक्षीय सम्झौता तथा कर्जा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आ.व. २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ जना युवा उद्यमीहरूलाइ २ वर्षका लागि विना व्याजमा कर्जा उपलव्ध गराउने कार्यक्रम अन्तर्गत त्रिपक्षिय सम्झॏता भएको हो ।

यस कार्यक्रमका लागि मुसिकोट नगरपालिकाको पुर्ण आर्थिक सहयोग रहने छ भने उज्यालो बहुउद्येशिय सहकारी संस्था लिमिटेड तम्घास गुल्मी वित्तिय सेवा प्रदायक संस्थाको रूपमा छनोट भएको छ ।  युवा उद्यम कार्यक्रमका लागि नगरपालिकाले गत आर्थिक वर्षमा नै सेवा प्रदायक संस्था र लाभग्राही युवाहरू छनोट गरिसकेको थियो ।

कार्यक्रममा छनोट भएका ५ जना युवा उद्यमीहरूले २ वर्षका लागि जनही १/१ लाख रूपैयाका दरले सहुलियत कर्जा आज नै प्राप्त गरिसकेको वताइएको छ । उक्त सहुलियत कर्जा किस्ता किस्ताका आधारमा उद्यमीले २ वर्षमा फिर्ता गरी सक्नेछन, यसका लागि उद्यमिले व्याज वापत कुनैपनि रकम भुक्तानी गर्नु नपर्ने नगरपालिकाले जनाएको छ ।

सम्झौता तथा कर्जा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सोमनाथ सापकोटा, उप प्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, उज्यालो वहुउद्येशिय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र बिक्रम कुँवर, उद्यमी युवाहरु लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!