Thursday, September 29

दायित्व र नेपाल राइजिङद्वारा मुसिकोटलाई करिब २ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण !

गोविन्द कंडेल १६ साउन मुसिकोट गुल्मी, दायित्व र नेपाल राइजिङले सामाजिक उत्तर दायित्व अभियान अन्तर्गत  मुसिकोट नगरपालिका गुल्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस कोभिड – १९ ले विश्वलाइ नै आक्रान्त पारिरहेको समयमा मुसिकोटमा समेत कोरोना संक्रमणको दर तिव्र रूपमा वढी रहेको अवस्थामा महामारी नियन्त्रणका लागि सहयोग होस भन्ने उद्येश्यले स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको वताइएको छ । दायित्व र  नेपाल राइजिङ नामक दुइ संस्थाले संयुक्त रूपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

आज मुसिकोट नगरपालिका कार्यालयमा एक कार्यक्रमका विच दायित्व नेपालका लुम्बिनी प्रदेश संयोजक कमल थापा र लुम्विनी प्रदेशका कार्यक्रम संयोजक सञ्जय पोखरेलले मास्क, सेनिटाइजर, ग्लोव्स, पिपिइ, अक्सिजन मास्क लगायतका सामग्री गरी करिव २ लाख वरावरको स्वास्थ्य सामग्री मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललाइ हस्तान्तरण गर्नु भयो ।

कोरोना संक्रमणको कारणले सृजना हुने परिस्थितिको सामनाका लागि पूर्व तैयारी स्वरुप स्वास्थ्य सामग्री सहयोग गरेको  दायित्वका थापाले वताउनु भयो ।  सोही  कार्यक्रममा उपस्थित मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि.बी. जि.सी.ले सकंटको यो समयमा सामाजिक संस्थाहरूबाट प्राप्त सहयोगको प्रशंसा गर्दै प्राप्त सामग्रीको सही सदुपयोग गर्ने विश्वास दिलाउनु भयो ।

सोही कार्यक्रममा वोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले विपदमा दायित्व र  नेपाल राइजिङले नगरपालिकालाइ ठुलो गुन लगाएको र यसले आफुहरू विचको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै दुवै संस्थाहरूलाइ सहयोग हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!