Tuesday, October 4

गुल्मी जीप दुर्घटना अपडेट : ३ जनाको घटना स्थलमै ज्यान गयो ७ घाइते !

मुसिकोट गुल्मी १३ साउन २०७८ : गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ ।

आज अपरान्ह मुसीकोट नगरपालिका वडा नं.४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दु,र्घटना भएको हो । दु।र्घटनामा परी घटनास्थलमै ३ जनाको मृ।त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा उक्त जिपमा सवार चन्द्रकोट ५ का रेशम कार्की, चन्द्रकोट ४ का तेज वहादुर खत्री, रेसङगा नगरपालिका वडा नं. २ की सुनिता वि.क. रहेको वताइएको छ ।

दोभान सडकदेखि जिप झण्डै ४ सय मिटर तल खसेको छ । घटनामा घाइते भएका ७ जना मध्ये ४ जनाको जिल्ला अस्पताल तम्घास र ३ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!