Tuesday, October 4

कोभिड संक्रमणको कारण मुसिकोट ७ मा आज थप एक पूरुषको ज्यान गयो

१० साउन, वामीटक्सार गुल्मी । कोभिड १९ महामारीको कारण गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ का एक वृद्धको मृ।त्यु भएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका अनुसार वामीटक्सार बजारका ८८ बर्षका वृद्धको कोभिड संक्रमणका कारण मृ।त्यु भएको हो । उनी कोभिड संक्रमण देखिएपछी केही समयदेखि घरमै आइसोलेसनमा बसेका थिए ।

कोभिड १९ को दोस्रो लहरको कारण गुल्मीमा ९३ जना भन्दा धेरैको निधन भएको छ । मुसिकोट नगरपालिकामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् । केही दिन अगाडी मात्रै वामीटक्सारमा एक महिलाको निधन भएको कारण संक्रमणको चेन ब्रेक गर्न एक हप्तादेखि वामीटक्सार बजार सिल समेत गरिएको छ । – फाइल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!