Wednesday, October 5

मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । ३१ असार २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ९ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका १ पुरूष र ४ महिला गरी ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ८ का २ जना महिला , वडा नं. ७ का  १ जना पूरूष र २ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ४४४ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ४४४ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ८  जनाको मृ,त्यू भइसकेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!