Wednesday, October 5

मुसिकोटमा ३ महिने सिलाई कटाई र ढाका वुनाई तालिम सम्पन्न

गोविन्द कंडेल, मुसिकोट गुल्मी, गुल्मीको मुसिकोट नगरपालिकामा ३ महिने सिलाई कटाई र ढाका वुनाई तालिम आज सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिवि निवारणका लागि लघु उद्यम कार्यक्रम  (MEDPA) अन्तर्गत ३ महिने सिलाई कटाई र ढाका वुनाई तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको हो ।

गत चैत्र १२ गते देखी मुसिकोट नगरपालिका वडा नं. ८ को मालारानिमामा सञ्चालन गरिएको तालिमको समापन गरिएको हो । उक्त तालिमबाट सिलाइ कटाइ तर्फ १३ जना र ढाका वुनाइ तर्फ १२ जना लाभान्वित भएको वताइएको छ ।   शिप मार्फत स्वरोजगार सिर्जना गरी नागरिकलाइ आत्म निर्भर वनाउने उद्येश्यका साथ मेड्पा मार्फत विभिन्न वडाहरूमा तालिम सञ्चालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

तालिमका सहभागीहरूलाइ समापन समारोहका सभाध्यक्ष एवं वडाअध्यक्ष नारायण सापकोटा,प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, विशिष्ट अतिथि उप प्रमुख कमला शर्मा एवं प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, अतिथिहरू समाजसेवी डा. दामोदर भुषाल, कार्यक्रम संयाेजक महेन्द्रराज पन्थीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता सिता विश्वकर्माले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!