Thursday, September 29

मुसिकोटमा टोल विकास समिति सक्रिय वन्दै, सरसफाई तालिम सम्पन्न

गोविन्द कंडेल, मुसिकोट गुल्मी, गुल्मीको मुसिकोट नगरपालिकामा टोल विकास समितिको सक्रियता वढे सँगै वडा नं. ८ मा रहेका टोल विकास समितिहरूलाइ सरसफाइ सम्वन्धी तालिम सम्पन्न भएको छ  ।

मुसिकोट नगरपालिका गुल्मीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं. ८ मा गठन भएका टोल विकास समितिहरूलाइ एक दिने सरसफाइ सम्वन्धी तालिम सम्पन्न भएको वडा नं. ८ को कार्यालयले जनाएको छ । मुसिकोट नगरपालिकाको हरेक टोलमा टोल विकास समिति गठन गरी जनस्तरको सक्रिय सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निति अनुसार यस वर्ष वडा नं. ८ मा टोल विकास समिति गठन गरिएको थियो भने आगामी वर्ष देखी ९ वटै वडामा टोल विकास समिति रहने गरी नगरपालिकाले वजेट व्यवस्था गरी सकेको मुसिकोट नगरपालिकाले वताएको छ ।

यस वर्षको स्वीकृत कार्यक्रम अनुसार वडा नं. ८ मा रहेका सम्पुर्ण टोल विकास समितिहरूका विचमा सरसफाइ सम्वन्धी एक दिने तालिम सञ्चालन गरिएको हो । तालिमको मुख्य प्रशिक्षकको रूपमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल रहनु भएको थियो ।

वडाअध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सोमनाथ सापकोटा, विशिष्ट अतिथि मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, अतिथिहरू समाजसेवी डा. दामोदर भुषाल, वडा सदस्य  पुर्ण वहादुर घर्ति लगायत रहनु भएको थियो । वडा सचिव सुभास सुनुवारको स्वागत मन्तव्य  सँगै सुरू भएको कार्यक्रमको सञ्चालन वडा नं. ८ का सहायक कम्प्युटर अपरेटर उज्ज्वल खत्री गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!