Monday, September 19

मुसिकोट ८ का कृषकहरूले पाए कृषक परिचय पत्र

गोविन्द कंडेल, मुसिकोट गुल्मी, गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नं. ८ का कृषकहरूलाइ अगुवा तथा व्यवसायिक कृषक परिचय पत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकहरूलाइ परिचयपत्र वितरण गरिएको हो । वडा नं. ८ को कार्यालय मार्फत वडा भित्रका कृषकहरूको आवेदन संकलन गरी प्राप्त आवेदनहरूका आधारमा वडा समितिको निर्णयानुसार छनोट भएका कृषकहरूलाइ परिचयपत्र वितरण गरिएको वडा नं. ८ को कार्यालयले जनाएको छ ।

वडामा विभिन्न तरकारी खेती, फलफुल खेती, बाख्रापालन, माछापालन,कुखुरापालन, गाईपालन र च्याउखेती व्यवसायिक रूपमा गर्ने कृषकहरूलाई सम्मान पत्र र परिचय पत्र वितरण गरिएको हो । कार्यक्रममा कृषकहरूलाइ परिचयपत्र वितरणका अतिरिक्त कृषकहरूलाइ प्रमाणपत्र र मायाको चिनो स्वरूप कृषक टोपी लगायतले सम्मान गरिएको थियो ।

वडाअध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सोमनाथ सापकोटा, विशिष्ट अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, अतिथिहरू समाजसेवी डा. दामोदर भुषाल, वडा सदस्य  पुर्ण वहादुर घर्ति, मुसिकोट न.पा. कृषि शाखा प्रमुख जनक पौडेल, वडा सचिव सुभाश सुनुवार, टोल विकास समिति अध्यक्ष एवं सचिवहरू लगायत रहनु भएको थियो ।

कृषि शाखा प्रमुख जनक पौडेलको स्वागत मन्तव्य  सँगै सुरू भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक टोप वहादुर वलिले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!