Monday, September 26

मुसिकोटकाे वामीटक्सार क्षेत्रमा कोरोना संक्रमण वढ्यो,आज थपिएका सवै  संक्रमित एउटै वडाका

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २३ असार २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १३ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिका वडा नं. ७ का ३ पुरूष र २ महिला गरी ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुने सवैजना मुसिकोट नगरपालिका वडा नं. ७ को वजार क्षेत्रका नागरिक रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ४०५ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ४०५ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ८  जनाको मृ,त्यू भइसकेको छ । यसैविच पछिल्ला केही दिन यता मुसिकोट नगरपालिकाको वडा नं. ७ मा परीक्षण गरिएका अधिकांसमा संक्रमण देखीए पछी सवैलाइ थप सचेत रहन मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!