Friday, October 7

मुसिकोटमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियानको दोस्रो चरण संचालन हुँदै

२० असार २०७८, आईतवार ।  गुल्मीको मुसिकोट नगरपालिकामा रहेका वडा नम्वर १ देखि वडा नम्वर ९ भित्रका सबै स्वास्थ्य चौकिहरुमा २०७८ असार २२ गते मंगलबार कोभिड विरुद्धको भेरोसेल खोप अभियानको दोस्रो चरण संचालन हुने भएको छ ।

मुसिकोट नगरपालिका द्वारा आज प्रकाशित सूचना अनुसार नेपाल सरकारबाट उपलब्ध गराउने भेरोसेल खोप अभियानको दोस्रो चरण यहि मिति २०७८ असार २२ गते मंगलबार मुसिकोट नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकिमा संचालन हुने भनिएको छ ।

कोभिड विरुद्धको खोप अभियानको दोस्रो चरणमा मिति २०७८ जेठ २५ गते भेरोसेल खोप लगाउनु भएका ६२ देखी ६४ बर्षका सबै नागरिकहरूलाइ आफुले पहिलो डोज खोप लगाएको केन्द्रमा नै गई सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ । उक्त खोप अभियानमा सहभागी हुँदा आफुले पहिलो पटक खोप लगाउदाको खोप कार्ड अनिवार्य लिएर अउनु पर्नेछ ।

मुसिकोट नगरपालिकाद्वारा जारी सूचना यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!