Saturday, September 24

मुसिकोट नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १८ असार २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ८ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ११२ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ४ का १ जना पुरूष र २ जना महिला , वडा नं. ७ का २ जना पुरूष र ३ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ३७६ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ३७६ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ८  जनाको मृ,त्यू भइसकेको, ३०१ जना कोभिड १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ६७ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!